ब्रेकिङ न्युज

गभर्नर नियुक्तिको विषय पेचिलो बनिरहेको बेला प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

३१ वैशाख, काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो। 

अस्ति सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको बताइएको छ। गभर्नर नियुक्तिको विषय पेचिलो बनिरहेको बेला बैठक बस्न लागेको हो। 

गभर्नरमा  डाक्टर विश्व पौडेलको चर्चा चुलिएको छ भने उनी विरुद्ध सर्वोच्च अदालतमा निवेदन पनि परेको छ। 

प्रमुख सत्तारुढ दल काँग्रेस-एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमति भइसकेको भनिए पनि यस अघि चर्चामा आएका डा गुणाकर भट्ट पनि अन्तिम समयमा आएर गभर्नरको दौडबाट बाहिरिएका थिए।