समाचार

२३ जनालाई उपसचिवमा बढुवा गर्न लोकसेवा आयोगको सिफारिस, वैकल्पिकमा पाँच जना (हेर्नुहोस् नाम लिस्ट )

३१ वैशाख, काठमाडौँ।  लोकसेवा आयोगको अन्तर्वार्ता तथा सिफारिस महाशाखाले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह रा.प द्वितीय श्रेणीको उपसचिव वा सो सरह पदको परीक्षाको नतिजा सार्वजनिक गर्दै बढुवाको लागी सिफारिस गरेको छ। 

प्रकाशित नतिजामा माग सङ्ख्या २३ जना भएको र अन्तर्वार्ताको लागी ३१ जना सहभागी भएको बताइएको छ । 

हिजो प्रकाशित अन्तिम नामावलीमा २३ जनाको छनोट भएको र पाँच जना वैकल्पिकमा छनोट भएको उल्लेख गरिएको छ।”लिखित परीक्षा, अन्तर्वार्तामा प्राप्त अङ्कको आधारमा देहाय बमोजिम योग्यता क्रम कायम हुन आएकोले बढुवा नियुक्तिको लागी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको” सूचनामा भनिएको छ।