३१ वैशाख, काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मिश्रकी पत्नी सरिका कार्कीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन माथि छलफल गर्दै उक्त आदेश आएको हो।
सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई अदालतमा उपस्थित गराउन भनेको निर्देशन समेत दिएको छ।
मिश्र गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा भिडलाई उत्तेजित बनाएको जस्ता मुद्दामा सोही दिन प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो।
उनी सँगै पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर राणा भने स्वास्थ्य समस्याका कारण भन्दै रिहा भैसकेका छन्।