समाचार

सन्दीप लामिछानेले किन तोडे क्यानसँगको सम्झौता ? यस्तो छ कारण 

३१ वैशाख, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले  नेपाल क्रिकेट सङ्घ (क्यान) सँग गरिएको सम्झौतामा तोडेको बताएका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू क्यानसँग अलग हुने बताएका हुन्। 

उनले आफ्नो यस निर्यण  क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभएको स्पष्ट पारेका छन्। आफूले क्यानसँग गरेको सम्झौता तोड्नुको कारण व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका हुन्। 

आफ्नो क्रिकेट यात्रामा क्यानले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले  क्यानप्रति आभार प्रकट गरेका छन्। क्यानले आफ्नो क्रिकेट करियर र नेपालको क्रिकेटलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै क्यानलाई  उच्च कदर र सम्मान गर्ने बताएका हुन्। 

सन्दीपले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै आफ्नो यो यात्रा अझै बाँकी रहेको बताएका छन्।