३१ वैशाख, काठमाडौँ । करिब साढे २ करोड रुपैयाँ अपचलन गरेको खुलेको भनिएको नेपाली काँग्रेसकी सांसद माया राई लाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको हो।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई बयान र थुनछेक बहस सकिएपछि धरौटीमा छाड्न आदेश दिएको हो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी गरेको आरोपमा सांसद राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो।