समाचार

पौडेलले राजीनामा दिएपछि गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त 

 १ जेठ, काठमाडौँ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिमा डा पोषराज पाण्डेलाई नियुक्त गरेको छ। समितिका सदस्य डा विश्व  पौडेलले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेलाई नियुक्त गरेको हो। 

पौडेल गभर्नर बन्ने चर्चामा छन्।  यसअघि नेपाल राष्ट्र बैङ्कका निर्देशक डा गुणाकर भट्ट गभर्नरको दौडमा थिए। तर राजनीतिक खिचातानीका कारण उनी बाहिरीए पछि गभर्नर सिफारिस समितिकै सदस्य पाण्डे गभर्नरको रेसमा देखाएका छन्। 

पाण्डे विरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको छ। उनले राजनीतिक पार्टीको सदस्यता लिएको र राजनीतिक पार्टीको सदस्य नेपाल राष्ट्र बैङ्कको गभर्नर बन्न नहुने कानुनी मान्यता रहेको भन्दै अदालतमा निवेदन परेको हो।