समाचार

सगरमाथा संवादमा सहभागी हुन चिनियाँ नेता सियाओ जी काठमाडौंमा

१ जेठ, काठमाडौं। चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।

उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए। सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ ।