सामाजिक सञ्जाल

केपी ओली झापाका जमिनदार धर्म प्रसाद ढकालको हत्या गरेर १४ वर्ष जेल बसेका हुन्: भीम रावल 

 १ जेठ, काठमाडौँ। एमालेका पूर्व नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाका धर्म प्रसाद ढकालको हत्या गरेर १४ वर्ष जेल बसेको आरोप लगाएका छन्।  उनले सामाजिक सञ्जाल एक्समा लेख्दै “सामन्तलाई नगीडी आउँदैन है समाजवाद” भन्ने नारा दिँदै तत्कालीन जमिनदार ढकालको हत्या गरेको आरोप लगाएका छन्। 

उनले संसद्मा हद भन्दा बढी भएको जग्गा बेच्न पाउने विधेयक दर्ता भएको प्रति आक्रोश व्यक्त गर्दै यस्तो बताएका हुन्। 

उनले लेखेका छन्,” १४ वर्ष झ्यालखानामा कैद भोगेका मार्क्सवादी लेनिनवादी विशेषण भएका  कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको बेला हदबन्दी भन्दा बढी भएको जग्गा बेच्न मिल्ने विधेयक संसद्मा पेस गर्दा मार्क्स र लेनिन जीवितै रहेका भए केपी का विरुद्ध क्रान्ति गर्नु पर्छ भन्थे होलान् कि लाजले भुतुक्कै भएर नेपाल कहिल्यै नजाने प्रतिज्ञा गर्थे होलान् ?” भन्दै प्रश्न गरेका छन्।