१ जेठ,काठमाडौँ। चर्चित टेरामक्स घोटाला प्रकरणमा नेपाली काँग्रेसका सांसद मोहन बस्नेत सहित १६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। सञ्चारमन्त्री भएको बेला भ्रष्टाचार गरेको भन्दै सांसद बस्नेतसहित अन्य १५ जनालाई ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो माग दाबी गर्दै मुद्दा परेको हो।
अख्तियारले दायर गरेको मुद्दामा बस्नेतले दूरसञ्चार ऐन, २०५३ को दफा १८ र २० मा रहेका नेपाल सरकार मन्त्रिपरिषद्ले मात्र प्रयोग गर्न पाउने अधिकारको अपव्याख्या गरी अन्तर्राष्ट्रिय कल अनुगमन/भीओआईपी नियन्त्रणका लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने भनी निर्देशन दिएको आरोप लगाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरजन्य कार्य गरेकोले भन्दै सोही अनुसार कारबाही गर्न अख्तियारले भनेको छ।