समाचार

भ्रष्टाचार मुद्दा दायर भएपछि मोहन बस्नेतको सांसद पद स्वतः निलम्बनमा पर्‍यो 

१ जेठ,काठमाडौँ। टेरामक्स घोटाला प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि नेपाली काँग्रेसका सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन भएको छ।  उनी लगायत १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि भ्रष्टाचार सम्बन्धी ऐन अनुसार उनको सांसद पद निलम्बनमा परेको हो। 

सांसद बस्नेतसहित अन्य १५ जनालाई ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो माग दाबी गर्दै  विशेष अदालतमा मुद्दा परेको हो। 

१६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो।