१ जेठ,काठमाडौँ। प्रहरीले सरकारी तथा बैङ्क वित्तीय संस्थाका कागजातहरू किर्ते गरी नक्कली बनाउने तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले तारकेश्वर नगरपालिका–७ फुटुङमा उनीहरूले सञ्चालन गरिरहेको कारखानाबाट पक्राउ गरेको हो।
प्रहरीले गोरखाको भीमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ घर भएका २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ छयाङ्ढुङकी २३ वर्षीया अन्जु खत्रीलाई पक्राउ गरेको हो।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो बुधवार पक्राउ गरेको हो । उनीहरूले सरकारी कागजातहरू, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजातहरू, बैङ्क तथा वित्तीय संस्थाका कागजातहरू बनाउँदै आएको प्रहरीको भनाइ छ।