समाचार

अदालत पुर्‍याएर फेरी हिरासत मै फर्काइयो रवीन्द्र मिश्रलाई 

१ जेठ,काठमाडौँ। सर्वोच्च अदालतको आदेश अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराएर पुनः हिरासतमै फर्काइएको छ। 

मिश्रकी पत्नी सरिका कार्कीले दर्ता गराएको  बन्दी प्रत्यक्षीकरणको निवेदन माथिको सुनुवाइमा सहभागी गरिएको हो। 

अदालतले मिश्रलाई पक्राउबारे  कारण देखाऊ आदेश जारी गर्दै अदालत उपस्थित गराउन आदेश दिएको थियो। अदालतको सोही निर्देशन अनुसार उनलाई अदालत हाजिर गराइएको हो। हतकडी बिनै अदालत लगिएका मिश्रको मुद्दा माथि भोली मात्रै सुनुवाइ हुने छ।