राजनीति

खेल पर्यटनकाे प्रवर्धन गरे, बसका-बस, हजाराैँ-हजार पर्यटक भित्र्याइ देश विकास सम्भव छ: उपसभापति गुरुङ

२ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगंले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्न समस्या भएको बताएका छन् । त्यसका लािग गम्भीर ग्रिहकार्य गर्नुपर्ने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बिभिन्न मन्दीरमा पुजा गरेको समरण गर्दै सारा संसारको ध्यान केन्द्रीत गर्न धार्मिकलगायतका पर्यटनलगायतमा पर्यटनका काम गर्ने कार्य सह्रानीय भएको बताए ।

सँसदमा उपसभापति गुरुगंको प्रश्नः ४६ प्रतिशत बन भएको देशमा काठ विदेशबाट भित्रिन्छ अनि देश विकास हुन्छ त ?


उनले आफूले पर्यटन मन्त्री बद्री पाण्डेलाई स्काई ड्राईभिगं गर्न आएको टोलीलाई फर्किएको बिषयलाई लिएर सोधेको भन्दै खेल पर्यटनलगायतबाट देशमा आर्थिक समृद्धि बढाउन सकिने बताए । अर्थतन्त्र सुधार त्यति सहज नहुने भन्दै हजारौं हजार दर्शकहरु बसका बस आउने भएपनि त्यसका लागि खेल पर्यटनमा पनि धयान दिन सकिने बताए ।


उनले भौतिक पूर्बाधार पनि पर्यटनसँग जोडिएर आउने भन्दै भारतीय पर्यटकहरु नेपाल भित्रर्याउन सकिने बताए । लुम्बिनिको छेउमा नै रानी मल भएको प्रशंग जोड्दै विद्युत उत्पादनको शिलशिलामा जलासययुक्तमा जानुपर्नेको बिकल्प नभएको बताए । कोशी उच्चबाँध, कालगिण्डकी उच्चबाँधलगायत जुन जुन भएपनि जलाशय महत्वपूर्ण हुने उनले बताए ।

तराईको उर्वरभूमीमा सौर्य उर्जाको स्थापना नगरेर पहाडमा गर्नुपर्ने बताए । कृषि क्षेत्रमा मल बीउतर्फ ध्यान दिनुपर्ने बताउँदै आकासेपानीको भरमा बस्न नहुने बताए । बन क्षेत्र ४६ प्रतिशत भएपनि काठ विदेशबाट भित्रिने कुरा नेपालका लागि राम्रो नहुने बताए ।

उनले जडिबुटीको बिषयमा कुरा गर्नै उत्पादन, संरक्षण गर्नुपर्ने बताए ।उनले ऋण लिएर घीउ खाने परम्परा राम्रो नभएको भन्दै देश विकासका लागि महत्वपूर्ण ढंगले खोच्नुपर्ने बताए ।