२ बेसाख, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले संविधानको धारा १७ ले विचार र अभिव्यक्तीको सवतन्त्रतालगायतका अधिकार दिएको भएपनि सरकारले आस्थाको आधारमा बिरोधी विचारलाई निशेध गर्ने भन्ने कुरालाई आतमासाथ गर्दै ५० औं व्यक्तीहरुलाई मुद्धाचलाईरहेको र अझै मुद्धा थपिरहेको बताएका छन् ।
राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने, सबैले धर्मनिरपेक्षता मान्नैपर्छ, गणतन्त्र मान्नैपर्छ भन्ने संबिधानमा नभएको बताए । उनले कसैले धर्मनिरपेक्ष, गणतन्त्र मान्नैपर्छ भनेर भनेको स्मरण गर्दै नेपालको संविधानले उक्त कुरा नमानेको बताए । उनले संबिधान जारी हुँदाखेरी राप्रपाले संबिधानमा हस्ताक्षर नगरेको भन्दै संबिधानसँग भने सहकार्य गरेको बताए ।
उनले पुजीस्गत खर्च असाध्यै नगण्य रहेको भन्दै पुँजीगत खर्चको खर्च गर्ने कार्य प्रभावकारी नभएको भन्दै अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण गराएका छन् । उनले नेपालको शक्ती निजी क्षेत्र भएको कुरा सही भएपनि सम्मेलनले मात्र निजी क्षेत्रलाई प्रवर्धन गर्न नसकिने बताए । उनले उद्योगी व्यावशायीलाई निजी क्षेत्र भन्ने भन्दा पनि उद्योगी वयापारीहरु बिचोलीया हुँदै गएको बताउँदै उद्योगी ब्यापारीलाई राजनीतिक दलहरुले बिना झन्झट उद्योग धन्दा संचालन गर्ने वातावरण बनाउनुपर्ने बताए ।
गेरआवानशीय नेपाली र विद्युत नेपालको विास हुने सम्पती भएपनि बुढी गण्डकीलगायतका ठूला आयोजना कार्यन्वयनको सुनिश्चिततामा हुनुपर्ने बताए । उनले प१चायतकालमा स्थापना भएका विद्यालयहरु त्यसबेला भरिभराउ थिए अहिले खाली छन् किन भन्नेतिर पनि ध्यान जानुपर्ने बताए । शिक्षक महासँघको आनदोलनबाट भएका सहमतीमा विद्यालय कर्मचारीलाई बेवास्ता गरिएको भन्दै सबेलाई एकमुस्ट न्याय दिनुपर्ने बताए । उनले सवास्थय बीमालाई प्रभावकारी बनाउनुपर्ने भन्दै निश्चित हसपतालमामात्र नभई सबै अस्पतालमा उपचार गर्न नागरिकले पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।