२ जेठ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले यस्तै समस्या रही रहने र साना-साना समस्यामा पनि आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने बताएका हुन्।
निर्देशक शाक्यले जति विद्युत् उत्पादन बढ्दै जान्छ सोही अनुपातमा प्रसारण लाइन सञ्जाल हुन नसक्दा विद्युत् आपूर्ति प्रभावित भएको बताएका छन् । उनले हिजो बिहीबार साँझको समस्या पनि सोही कारण आएको दाबी गरे।
हिजो करिब दुई घण्टा धेरै ठाउँमा बत्ती आपूर्ति रोकिएको थियो। उनले यस्ता समस्या समाधानको लागी प्रसारण लाइन सञ्जालको तीव्रता चाहिने बताए। अब पनि विद्युत् प्रसारण गतिमा तीव्रताको विस्तार नगरे ठुला सङ्कट साथै दुर्घटना निम्तिन सक्ने बताएका हुन्।
शाक्यले हिजो बिहीबार राति विद्युत् आपूर्तिमा समस्या आएको बेला साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै हेरेँको भन्दै अब हिजोको जस्तो समस्या आउन नदिने बताए। उनले अब कसैले पनि चिन्ता लिनु नपर्ने र विद्युत् आपूर्तिको प्रणालीमा विकाश गर्दै लैजाने प्रतिबद्धता समेत जनाएका छन्।