२ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कको ऐन विपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै डा विश्व पौडेल विरुद्ध परेको रिट दरपिठ गरेको छ। अधिवक्ता द्वय प्रतिभा उप्रेती र विशाल थापाले हालेको रिटलाई डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको भन्दै दरपिठ गरेको हो।
दरपिठ हुनुको कारण पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेस गरेको र सामूहिक हक अधिकार कसरी हनन भएको भन्ने प्रस्ट नखुलाएको जस्ता कारण रहेको बुझिएको हो। राजनीतिक वृत्तमा भने डा गुणाकर भट्ट गभर्नरको दौडबाट बाहिरिए पछि डा पौडेलको चर्चा चुलिएको थियो। चर्चा चले सँगै उनले गभर्नर सिफारिस समितिको सदस्यबाट पनि राजीनामा दिएका थिए।