समाचार

न्यायाधीशसँग रवीन्द्रको गुनासो: म एक घण्टा पनि हिरासतमा बस्न नचाहेर अदालत समक्ष न्याय माग्न आएको छु  

२ जेठ,काठमाडौँ । तीनकुनेको हिंसात्मक घटनामा संलग्न आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बयान सकिएको छ। आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमाथिको बहस भएको थियो। 

बहस सकिएपछि न्यायाधीशसँग समय मागेर मिश्रले आफ्ना गुनासा राखेका थिए। उनले आफूलाई राजनीतिक हुकुमी प्रमाङ्गीबाट अन्याय गरिएको बताएका छन्। उनले आफू भागेर कतै नजाने भन्दै अब एक घण्टा पनि हिरासतमा बस्न नचाहेर सर्वोच्च अदालत समक्ष न्याय माग्न आएको बताएका थिए। 

मिश्रले आफ्नो बैङ्क खाता रोक्का गरेको,फेसबुकलाई पत्र लेखेर आफ्ना सम्पूर्ण डाटा मगाइएको भन्दै  न्यायाधीश समक्ष गुनासो पोखेका थिए। उनले आफ्नो बयान पनि सकिएको तर भागेर पनि नजाने  भन्दै हिरासतमा राखेर अन्याय गरेको बताए।