ब्रेकिङ न्युज

समितिमा रहेका ४० भन्दा बढी कानुनसँग सम्बन्धित विषय पारित गर्नु पर्ने चुनौती छ: महामन्त्री थापा

२ जेठ,काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधान अन्तरगत जोडिएका कानुनी विषय पारित गर्न पर्ने चुनौती रहेको बताएका छन्। आज राज्य व्यवस्था समितिको बैठकमा उनले कानुनसँग जोडिएका विषय पारित गर्न सरकारको पहलले मात्रै नपुग्ने बताएका हुन्। 

समितिमा रहेका ४० वटा भन्दा बढी कानुनसँग सम्बन्धित विषय पारित गर्नु पर्ने चुनौती रहेको बताएका छन्। शिक्षा विधेयक देखि प्रहरी विधेयकसम्म पारित गर्नु पर्ने अवस्था रहेकाले सबै मिलेर जानुपर्ने धारणा राखेका हुन् । 

सरकारले पारित गर्नु पर्ने कानुन चाँडो पारित गर्न पहलकदमी लिएको बताउँदै महामन्त्री थापाले यस विषयमा सानै एक जुट भएर लाग्नु पर्ने बताए। उनले सांसद र संसदीय समितिले सँगसँगै  काम गर्नु पर्ने अवस्था भएकोले सबै सक्रिय भएर लाग्नु पर्ने बताएका हुन्।