समाचार

धनुषाको वाटरल्यान्ड पार्कमा दुई पक्षीय झडप, स्थिति नियन्त्रण गर्न प्रहरीले हान्यो अश्रुग्यास 

३ जेठ,काठमाडौँ। पार्कको छुटको विषयलाई लिएर धनुषामा झडप भएको छ।  क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूले झडप गर्नुका साथै तोडफोड समेत गरेका हुन्। 

स्थिति नियन्त्रणको लागी प्रहरीले अश्रुग्यास हानेको छ। पार्कमा नुहाउने विषयमा विवाद भएको थियो।  क्षमता भन्दा बढी विद्यार्थीहरू एकै पटक पार्कमा पसेपछि स्थिति अनियन्त्रित भएको बताइएको छ। 

वाटरल्यान्ड पार्कले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूलाई विशेष छुटमा पार्कको सुविधा दिने बताएको भनिए पनि धेरै विद्यार्थीहरू पार्कमा प्रवेश गरेपछि तोडफोड र झडप भएको हो।