४ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न माग गरेका छन्। उनले आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै शीर्ष नेताहरूलाई राष्ट्रिय सहमतिको सरकार निर्माणको लागी पहल गर्न आग्रह गरेका हुन्।
सांसद गौतमले राष्ट्रिय सहमतिको सरकार निर्माण गरे संविधान संशोधन गर्न सकिने बताए। जनतामा आशा र भरोसा प्रदान गर्न मुलुकलाई निश्चित दूरीसम्म सँगै हिँडाउन पनि नयाँ सहमतिको जरुरी रहेको धारणा राखे। यदि राष्ट्रिय सहमतिको सरकार बनाएर नयाँ सहमति गर्न नसके गणतन्त्र, सङ्घीयता तीन तहका सरकार पनि जोखिममा पर्ने चेतावनी दिए।
काँग्रेस र एमाले मिलेर सरकार बनेको भए पनि जनतामा आशा र भरोसा जगाउन नसकेको जिकिर गरे । एउटा सांसदको नजरमा सरकार सरकार जसरी नचलेको उनको भनाइ छ।