४ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित अभियुक्त रहेको सूर्यदर्शन सहकारी ठगी मुद्दाको मिसिल झिकाउन पोखरा उच्च अदालतले आदेश गरेको छ।
मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले लगातार तीन दिनको सुनुवाइपछि आज आइतबार यो आदेश गरेको हो।
जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सरकारी वकिलले लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् भने उक्त धरौटी बढी भएको भन्दै लामिछानेले पनि निवेदन दिएका छन्।