५ जेठ, काठमाडौँ। पटक पटक हेर्न नमिल्नेमा परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटको सुनुवाइ आज हुने भएको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा लामिछानेको रिट परेको हो।
यसअघि पाँच पटक हेर्न नमिल्नेमा परेको उक्त रिट आज सोमवार भने हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोक्ने आदेश भएसँगै आज सुनुवाइ हुन लागेको हो।
भैरहवा कारागारमा रहेका लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट चौथो नम्बरमा रहेको अदालत श्रोतले बताएको छ।