५ जेठ, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको बताएका छन्। आज सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालका गृहमन्त्री रमेश लेखकले न्यायाधीश नियुक्तिमा भाग खोजेको कुरा पूर्व प्रधानन्यायाधीशले नै सार्वजनिक गरेको बताएका हुन्।
उनले न्यायालयले राजनीतिक संरक्षण गरेकै कारणले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गए बताए। न्यायालयले न्याय देला कि भनेर विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको सांसद झाको भनाइ छ।
‘मेरो पार्टीको यो यो नाम सिफारिस नभए मलाई गाह्रो हुन्छ’ भनेर अहिलेका गृहमन्त्रीले तत्कालीन प्रधानन्यायाधीश कार्कीलाई भन्न गएको विषय स्वयम् कार्कीले नै बाहिर ल्याएको सांसद झाको दाबी छ।