५ जेठ, काठमाडौँ। रास्वपा सभापति रवि लामिछाने को बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ।
यसअघि पाँचौँ पटक स्थगित भएको उक्त रिट आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको थियो।
आज पनि सर्वोच्च प्रशासनले हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेको हो ।
हिजो आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश जारी गरेको थियो ।