५ जेठ, काठमाडौँ। कोशी प्रदेशका चार जना सांसद र झापाका डिएसपी चढेको गाडी एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा दुर्घटना भएको हो।
बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा. ५ च ३५३० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएको हो ।
एउटा कारमा सांसद मैयाँ श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ थिए भने उनीहरू कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए। यता बा ५ च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले चलाएका थिए ।
कार एक आपसमा ठक्कर खाए पनि दुई वटै गाडीमा सवारको अवस्था सामान्य रहेको भनिएको छ।