५ जेठ, काठमाडौँ। प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको अभिलेख नियमित अद्यावधिक गर्न भन्दै एक सूचना मार्फत आग्रह गरेको छ।
आज जारी सूचनामा आर्थिक वर्ष ८१/८२मा नियमित हार्डकपि अपलोड गरेको नपाइएकोले छुटेका अङ्क सहित नियमित अपलोड गर्न सूचना मार्फत आग्रह गरेको हो।
सूचनामा काठमाडौँ भित्र प्रकाशित हुने पत्रपत्रिकालाई छापिएको १५ दिन र काठमाडौँ बाहिरको हकमा २ महिना भित्र पिडीएफ़ अपलोड गरिसक्नु पर्ने नियम भए पनि त्यस्तो नगरेको पाइएकोले नियमित अपलोड नगर्नेहरूले यथाशीघ्र गर्न गराउन भनिएको छ।
