५ जेठ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई गणतन्त्र दिवसको मूल समारोह समितिबाट हटाउन आदेश गरेका छन्। मेयर शाह आज भएको मूल समारोह समितिको कार्यक्रममा नआएपछि प्रधानमन्त्रीको यस्तो निर्देशन भएको हो।
प्रधानमन्त्री ओलीले बैठकमा मेयर शाहलाई नदेखे पछि चासो व्यक्त गरेको बताइएको छ । उक्त बैठकमा उपमेयर सुनिता डंगोल मात्रै सहभागी भएकी थिइन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सोमवार दिउँसो मूल समितिको बैठक बसेको थियो।बालेन भने यस्ता कार्यक्रम बहिस्कार गर्दै अनुपस्थित हुने गरेका छन्। यस्ता कार्यक्रममा जनप्रतिनिधिको उपस्थिति अनिवार्य गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ भने यही जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय आजको बैठकले गरेको छ।