६ जेठ,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनी बिरामी भएपछि प्रतिनिधिसभाको आजको कार्यसूची समेत प्रभावित बनेको छ।
आज पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर तय भएको थियो भने प्रधानमन्त्रीको अस्वस्थताका कारण कार्यसूचीबाट हटाएको सभामुख देवराज घिमिरेले संसद् बैठकलाई जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओली अस्वस्थ रहेको कारण देखाउँदै सोमबारको मन्त्रिपरिषद् बैठक पनि रोकिएको थियो भने अन्य भेटघाट समेत बन्द गरिएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता आजका लागि सारिएको थियो ।