६ जेठ,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ। उनीहरूबिच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले बताएको हो।
प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबिच करिब एक घण्टा छलफल भएको हो। गभर्नर नियुक्ति तथा सरकारका पछिल्ला कामका सन्दर्भमा छलफल भएको बुझिएको छ।
उनीहरूबिच हिजो सोमबार नै भेट्ने तय भएको भए पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि स्थगित भएको थियो। प्रधानमन्त्री अस्वस्थ भएपछि हिजो सोमवार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो। उनी बिरामी भएपछि प्रतिनिधिसभाको आजको कार्यसूची समेत प्रभावित बनेको छ।