समाचार

छैटौँ पटक हेर्न नमिल्नेमा परेको रविको रिटमा सुनुवाइ जारी

६ जेठ,काठमाडौँ। सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ सुरु भएको छ ।

आज दोस्रो नम्बरमा परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले गरिरहेको हो। 

लामिछाने सहकारी ठगी प्रकरणमा  भैरहवा कारागारमा छन्।  लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि छ पटक हेर्न नमिल्ने भन्दै स्थगित गरिएको थियो। 

पटक पटक हेर्न नमिल्नेमा राखिएको लामिछानेको रिटलाई लिएर अदालतकै आलोचना हुन सुरु भएको थियो। तर आज भने सुनुवाइ सुरु भएको हो।