६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने छ।
आज प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच पनि भेटवार्ता भएको थियो। उक्त भेटपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
आजको बैठकले राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्ने सम्भावना छ।
नियमित रूपमा हिजो बस्नुपर्ने बैठक प्रधानमन्त्रीको स्वास्थ्यको कारण स्थगित गरिएको थियो।