६ जेठ, काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्नु अघि गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ। अपराह्न ४ बजे बस्ने गरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक बोलाएका हुन् ।
गभर्नर सिफारिस समिति गठन भएको दुई महिना बितिसक्दा पनि एक पटक पनि बैठक बसेको छै। तर आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएपछि बैठक बोलाइएको हो।
५ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ। समितिको बैठकले सिफारिस गरेपछि आजै मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना बढेको हो। कांग्रेसले विश्व पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेको छ।