६ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा यस अघि गभर्नर सिफारिस समितिमा सदस्य रहेका विश्व पौडेल नियुक्त हुने लगभग पक्का भएको छ।
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भएको लामो छलफल पछि दुवै नेता पौडेलको नाममा सहमतिमा पुगेका हुन्।
दुई महिना लामो पर्खाइ पछि नेपाल राष्ट्र बैङ्कले आज गभर्नर पाउने भएको हो। पौडेललाई काँग्रेसले गभर्नरका लागि सिफारिस गरेको छ। यस अघि पनि काँग्रेसले गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरेता पनि अन्तिम समयमा आएर उनी गभर्नरको रेसबाट बाहिरिएका थिए।