समाचार

विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ  

६ जेठ, काठमाडौँ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। लोसपाबाट निर्वाचित उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ गरिएको हो। 

रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि  उनी आज आफैँ प्रहरी समक्ष हाजिर भएका हुन्। 

उनी  इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ गरिएको भनिए पनि उनको बारेमा विस्तृत खुलाइएको छैन।