६ जेठ, काठमाडौँ । आज बसेको गभर्नर सिफारिस समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको छ । समितिले एक नम्बरमा विश्व पौडेललाई सिफारिस गरेको छ। पौडेल नेपाली काँग्रेसको पहिलो रोजाइका पात्र हुन्।
यस्तै समितिले दुई नम्बरमा कामु गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई सिफारिस गरेको छ भने तीन नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको हो।
अहिले मन्त्रिपरिषद्को बैठक जारी छ। तीन जनाकै नाम बोकेर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकमा गएका छन्। सम्भवता केही बेरमा गभर्नरको नियुक्ति हुने छ।