समाचार

गभर्नर नियुक्त गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक

६ जेठ, काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने तयारी गरेको छ।

दुई महिनादेखि रिक्त रहेको गभर्नरको नियुक्तिको विषयलाई आजको बैठकले टुंग्याउने भएको हो।

अर्थ मन्त्रालयमा बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् विश्वनाथ पौडेल, राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।