७ जेठ, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले सामाजिक सञ्जालमा लेख्दै मन्त्रीसन्त्री दीपक खड्कालाई हटाउनुपर्ने माग गरेका छन् ।
उनले काँग्रेस र एमालेले हटाउनुपर्ने भए पनि नहटाएको भन्दै अब बृहत् जनआन्दोलन गरेर मन्त्रीसन्त्री दीपक खड्कालाई हटाउनुको विकल्प नभएको विचार व्यक्त गरेका छन् ।
बिद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएकोमा विरोध गर्दै आएका पुनले आज स्ट्याटस लेख्दै मन्त्रीसन्त्री खड्कालाई नहटाइए देश डुब्नेछ भन्ने ठोकुवा गरेका छन् ।
वैज्ञानिक समेत भनिने उनले किन देश डुब्नेछ भन्ने भने उक्त स्टाटस्मा स्पष्ट पारेका छैनन् तर उर्जामन्त्रीलाइ हटाउनुपर्ने माग भने राखेका छन् । अहिले उर्जा मन्त्रालयको प्रस्तावमा सरकारले विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्ती गरिसकेको छ भने कुलमान सर्वोच्च अदालतले समेत पदमा रहन निर्देशन नदिएपछि आराम गरिरहेका छन्, यस अवस्थामा महावीर पुनःले मन्त्री खड्कालाई हटाउन जनआन्दोलन माग गर्नु कत्तिको सही हो त्यो भने भविष्यले देखाउला ।
ऊर्जा मन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने काँग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरूले हटाउने छाँटकाँट देखिएन। बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो ।
