७ जेठ, काठमाडौँ। प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा जिल्ला प्रहरी परिसर भद्रकालीबाट भागेका छन्। दोलखाका २४ वर्षीय निशान परियार फरार भएका हुन्।
उनलाई प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइए थियो। फरार भएका परियारको खोजी भइरहेको बताइएको छ।
उनी अभद्र व्यवहारको कसुरमा सात दिनअघि पक्राउ परेका थिए । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो।