समाचार

मञ्जु खाँण नेतृत्वको विमानस्थल अध्ययन उपसमितिमा आफ्नो दलको पनि प्रतिनिधि हुनुपर्ने माओवादीको अडान 

७ जेठ, काठमाडौँ। नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीको प्रतिनिधि नराखेको भन्दै आपत्ति जनाएको छ। 

 नेपाली काँग्रेसकी सांसद मञ्जु खाँणको संयोजकत्वमा बनेको उपसमिति आफ्नो पार्टीको सहभागिता नगराएको भन्दै विरोध गरेको हो।  माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो पार्टीको सहभागिता सुनिश्चित हुनुपर्ने बताएका थिए। 

उपसमितिमा नेकपा एमालेका सांसदहरू योगेश भट्टराई, अच्युतप्रसाद मैनाली, सराज अहमद फारुकी, काँग्रेस सांसद श्यामकुमार घिमिरे, रास्वपा सांसद मनीष झा र स्वतन्त्र सांसद अमरेशकुमार सिंह  सदस्य रहेका छन् ।

लेखा समितिको बैठक आज बुधवार बसेको थियो।