७ जेठ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
अहिले अख्तियारको टोलीले अध्यागमन स्थलमा छापा मारिरहेको बताइएको छ ।अख्तियार स्रोतका अनुसार धेरै पैसा असुल गरी भिसिट भिसामा विदेश पठाउने गरेको उजुरी आउन थालेपछि अध्यागमन कार्यालयमा छापा मारेको हो ।
अख्तियारको टोलीले विभागको कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको छ।