समाचार

मानव तस्करी गरेको आरोपमा पक्राउ परे अध्यागमनका निवर्तमान अधिकृत भट्टराई

७ जेठ, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा छापा मारेसँगै निवर्तमान अधिकृत तथा सहसचिव तीर्थराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

 अख्तियारले अध्यागमनमा छापा मारेसँगै उनलाई गृह मन्त्रालयबाट नियन्त्रणमा लिएको हो।  

भट्टराई हिजो मात्रै अध्यागमनबाट सरुवा भएर गृह मन्त्रालय पुगेका थिए। अख्तियारले अध्यागमनमा छापा मारेर केही डकुमेन्ट र कम्प्युटर नियन्त्रणमा लिएको छ भने भट्टराईको मोबाइल समेत जफत गरेर अनुसन्धान थालिएको बताइएको छ। उनको मानव तस्करसँग साँठगाँठ हुन सक्ने बताइएको छ। 

उनी मानव तस्करीमा संलग्न भएको प्रमाणहरू फेला परेको भनिएको छ।