८ जेठ, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोली रुकुम पूर्व पुगेको छ। मध्यपहाडी लोक मार्ग अभियान लिएर अध्यक्ष दाहाल नेतृत्वको टोलीले रुकुम पूर्वको भूमे गाउँपालिकामा पुगेको हो।
अध्यक्ष दाहाल नेतृत्वको टोलीले भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गतको अर्ग्यानिक सहकारी मार्टको अवलोकन गरेको छ ।
अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै आएको जानकारी सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले गराएका थिए । उनले स्थानीय रूपमा उत्पादन हुने जैविक वस्तुको माग उच्च रहेकाले त्यसअनुसार उत्पादन बढाउन आफूहरू क्रियाशील बताए ।
जनयुद्धको समयमा आधार इलाकाको रूपमा विस्तार गरेका जिल्ला रुकुम रोल्पामा अभियान लिएर अध्यक्ष दाहाल सहितको टोली पुगेको हो।