ब्रेकिङ न्युज

रविको रिटमा सुनुवाइ हुँदै, आजै फैसला गर्ने तयारी 

८ जेठ, काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदन उपर आज सुनुवाइ हुने भएको छ । आफूलाई थुनामुक्त गर्नुपर्ने माग राखी श्रीमती निकिता पौडेलमार्फत उनले रिट दायर गरेका थिए। 

आज पनि न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले निवेदनमाथि सुनुवाइ गर्न लागेको हो। गत मङ्गलवार पनि यही इजलासमा सुनुवाइ बहेको हो।  

सर्वोच्च अदालतले छैटौँ पटक हेर्न नमिल्नेमा राखेको उक्त रिट अस्ति मङ्गलवार सुनुवाइ गरेको थियो तर हिजो बुधवार भने लामिछानेको निवेदनमाथि सुनुवाइ भएन।

 बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।