८ जेठ, काठमाडौँ । आज बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले पतञ्जलि योगपीठको जग्गा प्रकरणका सबै फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ। विभिन्न निकायबाट सङ्कलन भई आएका पतञ्जलि सम्बन्धी फाइलबारे सोझै अख्तियारमा पठाउने निर्णय गरेको हो ।
विभिन्न निकायबाट सङ्कलन भई आएका फाइल समितिले अध्ययन नै नगरी पठाएको हो। समितिको निर्देशन पछि जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका अब अख्तियारले गर्नेछ।
पतञ्जलि योगपीठको जग्गा सट्टापट्टामा अनियमितता मा पूर्व प्रधानमन्त्री माधव नेपाल पनि मुछिएका छन्। उनी प्रधानमन्त्री भएको बेला भएको उक्त सट्टापट्टाको कारोबारमा घोटाला भएको भन्दै उजुरी परेपछि केही वर्षदेखि यता अनुसन्धानको दायरामा आएको हो।
अब अख्तियारले नै फाइल अध्ययन र छानबिनको जिम्मा पाएपछि आरोप लागेका ठुला नेताहरूलाई कारबाही होला की नहोला भन्ने सर्वत्र चासोको विषय बनेको छ।