८ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरुलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिको आजको बैठकका समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै एकमहिनाभित्रै बुझाइसक्नुपर्ने निर्देशन दिएका हुन् ।
समितिले उजुरीहरुको छानबिनका लागि विभिन्न समयमा नौवटा उपसमिति गठन गरेको थियो । ती उपसमितिका समितिका संयोजकहरुलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनेको हो । समितिमा ४८ उजुरी परेको थियो । ती उजुरी छानबिन गर्नका लागि समितिले उपसमिति बनाएको थियो ।
बैठकमा समितिका सभापति पोखरेलले बैठकलाई मर्यादित बनाउन समितिका सबै सदस्यहरु सम्यमित भएर प्रस्तुत हुन आग्रह गरेका थिए।