८ जेठ, काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ । आफूलाई थुनामुक्त गर्नुपर्ने माग राखी श्रीमती निकिता पौडेलमार्फत दायर गरेको रिट माथि आज सुनुवाइ भएको थियो।
जाहेरवालाको तर्फबाट बहस गर्न बाकी भएकाले आज आदेश नआएको हो। सरकारी वकिल र लामिछानेका तर्फबाट बहस गर्ने वकिलहरूले बहस सकाए पनि जाहेरवालाहरूको बहस बाकी भएको हो।
न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले निवेदनमाथि सुनुवाइ गरेको थियो।
मङ्गलवार भएको बहस नसकेपछि हेर्दा हेर्दैमा रहेको थियो भने हिजो बुधवार संवैधानिक इजलास बस्नु पर्ने भएकाले हेर्न नमिल्नेमा राखिएको थियो।