ब्रेकिङ न्युज

ज्ञानेन्द्र शाहीले आक्राेशित हुँदै मन्त्री गुरुङलाई भनेः मन्त्रिपद भनेको संविधानभन्दा ठूलो होइन

८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजान्त्र पार्टीका प्रवक्ता एवं साँसद ज्ञानेन्द्र शाहीले मन्त्रिपद भनेको संविधानभन्दा ठूलो होइन भन्दै सरकार र संचारमन्त्रीविरुद्ध कडा अभिब्यक्ती दिएका छन् ।
उनले मन्त्रिपद भनेको संविधानभन्दा ठूलो होइन। त्यसैले भन्छु यसरी संविधानको ठाडो उल्लङ्घन गर्दै धज्जी उडाउँदै अभिव्यक्ति निर्देशन दिने काम बन्द गर्नुहोस् भनेका छन् ।

नेता शाहीको भनाई जस्ताको तस्तैः

नेपाल सरकारका प्रवक्ता एवंम माननीय सूचना , प्रविधि तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङज्यू तपाईँ नेपालको संविधानको पालना गर्नुहोस्। संविधानको धारा २७० ले फरक विचार राख्ने पार्टी, दल, संघसंस्था बन्देज गर्न पाइँदैन भनेको छ त्यति मात्र होइन फरक अभिव्यक्ति स्वतन्त्रतालाई हनन गर्ने कुनै पनि किसिमको ऐन कानुन बनाउन पाइँदैन। यदि कुनै ऐन कानुन बनेमा स्वत खारेज हुनेछ भनेर लेखिएको छ।
तपाईँलाई संविधानको अध्ययन गर्न आउँदैन कि ? तपाईँ संविधानभन्दा आफूलाई ठूलो ठान्नुहुन्छ ? मन्त्रिपद भनेको संविधानभन्दा ठूलो होइन। त्यसैले भन्छु यसरी संविधानको ठाडो उल्लङ्घन गर्दै धज्जी उडाउँदै अभिव्यक्ति निर्देशन दिने काम बन्द गर्नुहोस्।
राष्ट्रवादीलाई धम्काउँछु भन्ने अभिव्यक्ति नेपाल प्रहरीको आइजीपीको जिब्रो थुत्छु भने जस्तो होइनू अन्यथा नेपाली जनताले सडकमै फैसला गर्न बाध्य नपार्नुहोस्।।