९ जेठ, काठमाडौँ । हिजो बिहीबार हेर्दा हेर्दैमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ। लामिछानेले आफूलाई गैर कानुनी ढङ्गले थुनामा राखेको भन्दै श्रीमती निकिता पौडेलमार्फत बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले नै सुनुवाइ गर्ने छ। रवि संगै छविको पनि सुनुवाइ सोही इजलासमा भइरहेको हो। उनीहरू दुवैको तर्फबाट बहस सकिए पनि जाहेरवालाको तर्फबाट बहस बाकी छ।
आज उक्त बहस पनि सकिने र त्यसपछि जवाफी बहस पश्चात् आदेश आउने बताइएको छ। लामिछानेको तर्फबाट बहस गर्ने अधिवक्ताहरूका अनुसार लामिछानेको रिहाइ हुने सम्भावना उच्च रहेको छ। जे जस्ता प्रमाण पेस गरिएको छ त्यसको आधारमा थुनामा बस्नु पर्ने उनीहरूको दाबी छ।