समाचार

रवि लामिछानेको बहस सकियो, आदेश केही बेरमा 

९ जेठ, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा बहस सकिएको छ।  रवि र छविका वकिलले जवाफी बहस गरेपछि बहस सकिएको हो।  

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बहस भएको हो। आजसम्म तीन दिनको सुनुवाइपछि बहस सकिएको हो। अब आजै आदेश सुनाउने तयारी गरिएको बताइएको छ। 

बिहीबार रविका तर्फबाट बहस सकिए पनि जाहेरवालाका तर्फबाट बहस बाकी भएकाले हेर्दाहेर्दैमा रहेको थियो।  

जाहेरवालाको तर्फबाट आज  शुक्रवार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए। त्यसपछि रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले जवाफी बहस गरेपछि बहस सकिएको हो।