९ जेठ, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई बुटवल उच्च अदालतको इजलासलाई सदर गर्दै थुनामा राख्न भनेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र नहुल सुबेदीको संयुक्त इजलासले रवि लामिछानेकी पत्नी निकिता लामिछाने पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनलाई खारेज गरेपछि लामिछाने सहकारी ठगीको मुद्दा किनारा नलागुन्जेलसम्म प्रहरी हिरासतमा नै हुनेछन् ।
आज सर्वोच्च अदालतको बाहिर रवि समर्थकहरूको भीड लागेको थियो । प्रहरीले रवि लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा अनुसन्धान गरिरहेको अवस्था छ ।